राष्ट्रपतिसँग पाकिस्तानका राजदूतको बिदाइ भेट

५ असोज ७७, सोमबार
Share this
677shares

५ असाेज, काठमाडौँ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले आज राष्ट्रपति भवन, शीतल निवासमा बिदाइ भेट गरेका छन् । सो अवसरमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूतलाई बधाई दिँदै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाल र पाकिस्तानबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको विचार व्यक्त गरेकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top