आज ४१ औं सामाजिक सेवा दिवस मनाइँदै

६ असोज ७७, मंगलबार

६ आश्विन, विराटनगर ।

Advertisement

‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ आज सामाजिक सेवा दिवस मनाइँदैछ ।

४१ औं सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको समाज कल्याण परिषद्ले जनाएको छ । समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषद्ले विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितिमा दिवस मनाउने गरेको छ ।

Advertisement

कोरोना महामारी तथा सङक्रमण जोखिमको यो बेला अप्ठ्यारोमा परेकालाई सहयोग तथा स्वास्थ्यकर्मीमाथि हुँदै आएका व्यवहार परिर्वतनमा जुट्न दिवस केन्द्रित गरिएको छ । २०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिन पारेर यो दिवस मनाउने गरिन्छ ।

समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माणका कार्यहरूसँग जोडेर समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई जीवनयापन गर्न सक्षम बनाउन समाज कल्याण परिषद् गठन गरिएको हो । समाज सेवाको क्षेत्रमा उत्कृष्ठ सेवा गर्नेलाई तुलसी मेहर समाज सेवा पुरस्कार र समाजसेवी पुरस्कार प्रदान गर्ने पनि परिषद्ले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top