Nepal Times
Nepal Times
3
Shares

प्राकृतिक विपद्बाट पैँतिस लाखको क्षति

प्राकृतिक विपद्बाट पैँतिस लाखको क्षति

कञ्चनपुर, २२ वैशाख ः शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट रु ३५ लाखभन्दा बढीको क्षति भएको छ ।

एक साताको अवधिमा नगरपालिका क्षेत्रभित्र भएको आगलागी, असिनापानी र हावाहुरीका कारण सो क्षति भएको हो ।

आगलागीबाट चार परिवारको घर जल्दा रु छ लाख बढीको नोक्सानी भएको नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐरले बताए ।

हावाहुरीबाट घरको छानोमा राखेका टायल फुटालेको र घरको छानोमा रुख ढल्दा आठ परिवारले रु चार लाख बढीको क्षति व्यहोरेका छन् ।

यसैगरी, हावाहुरीसँग आएको असिना पानीले व्यावसायिक खेतीमा लागेका किसानको तरकारी बाली र फलफूल खेतीमा रु २५ लाख बढी क्षति भएको नगरपालिकाले जनाएको छ ।

प्राकृतिक विपद्बाट पीडित वनेका परिवारले क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि प्रहरीको मुचुल्कासहित नगरपालिका कार्यालयमा निवेदन दिएका छन् । विपद्को चपेटामा परेका सबै परिवार विपन्न समुदायका छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.