६ असोज, सुनसरी ।
सुनसरी देवानगंज ६ बाट भारत तर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले हिजो देवानगंज स्थित सिमा एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाई राखिएको अवस्थामा करिब १ लाख बराबरको ८० बोरा सेतो मटर फेलापारी बरामद गरिएको हो ।
बरामद गरिएको मटर, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालयकोशीव्यारेज बुझाईएको उक्त कार्यालयले जनाएको छ ।
