नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु

५ असोज ७७, मंगलबार

६ असाज, काठमाडाैँ ।

नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन् । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पुगेके छ ।

Advertisement

आज देशभरी १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार १ सय ५४ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५९ र पुरुष ८ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । आजसम्म देशभरी कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । संस्थागत प्रदेश नम्बर १ मा २ सय ८६, प्रदेश नम्बर २ मा ९ सय ३५, बागमती प्रदेशमा ५ हजार १ सय २७ र गण्डकी प्रदेशमा ७ सय १ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ९५, कर्णाली प्रदेशमा २ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ३ सय ५८ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना रहेका छन् ।

Advertisement

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ४१, प्रदेश नम्बर २ मा ८ सय ८४, बागमती प्रदेशमा ५ हजार ३ सय २० र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय ७ र सुदूरपश्चिम प्रदेशमा १ सय ९४ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना संक्रमित उपचाररत रहेका छन् । आज आइसियुमा देशभरी २ सय २३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमित रहेका छन् ।

आज ८ सय २३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ३ सय ५७, प्रदेश नम्बर २ मा १२ हजार ४ सय ७६, बागमती प्रदेशमा ११ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ८ सय १९ जना रहेका डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ७ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४० गरी देशभरी ४८ हजार ६१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top