सुनको भाउ निरन्तर घट्दै, आज ९४ हजार ३ सयमा कारोबार

७ असोज ७७, बुधबार

७ आश्विन, विराटनगर ।
बुधबार पनि सुनचाँदीको भाउ ओरालो लागेको छ ।

Advertisement

आज सुन तोलामा १२ सयले घटेको छ भने चाँदी पनि तोलामा ४० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुन तोलाको ९४ हजार ३ सय कायम गरेको छ । हिजो मंगलबार ९५ हजार ५ सय थियो भने सोमबार ९७ हजार २ सय रुपैयाँ थियो ।

आइतबार भने तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ पनि तोलामा १२ सयले कमी आएर ९३ हजार ८ सय कायम भएको महासंघले जनाएको छ । मंगलबार ९५ हजार थियो भने सोमबार ९६ हजार ७ सय थियो ।

Advertisement

यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ । महासंघले आज बुधबारका लागि चाँदीको भाउ तोलाको ११ सय ९० तोकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top