ट्रम्पलाई विषालु पत्र पठाउने महिला पक्राउ

७ आश्विन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषालु पदार्थ मिसिएको पत्र ह्वाइट हाउसमा पठाउने व्यक्तिको पहिचान भएको छ ।

उनी एक गैरकानूनी क्यानेडियन आप्रवासी महिला रहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । न्यूयोर्क पोष्टका अनुसार आशंकित व्यक्ति क्यूबेककी ५३ वर्षीया पास्कल फेरियर हुन् । उनलाई न्यूयोर्क नजिकैबाट पक्राउ गरिएको छ । जसलाई सन् २०१९ को मार्चमा टेक्ससमा हिरासतमा लिइएको थियो ।

आफ्नो भिसाको समयावधि सकिएकी उनलाई नक्कली लाइसेन्स लिएर गाडी चलाइरहेको बेलामा पक्राउ गरिएको थियो । उनी २० दिन जेल बसेर पछि निर्दोष साबित भई निस्किएकी थिइन् । पछि उनलाई क्यानडा निष्काशन गरिएको थियो । उनको अन्तिम निशाना राष्ट्रपति ट्रम्प भएपनि टेक्सासका आप्रवासन अधिकारीहरुलाई पनि यस्तै खाले पत्र उनले पठाएको दाबी गरिएको छ ।

Advertisement

यस्तै खाले ६ वटा पत्र पठाइएकामा ५ वटा टेक्सास र एउटा ह्वाइट हाउस पठाइएको जनाइएको छ । अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाइएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको थियो । उक्त पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए ।

ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरीक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको हो । अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) र सेक्रेट सर्भिसको प्रारम्भिक छानविनमै उक्त पत्र क्यानडाबाट पठाइएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका थिए । अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरेर यसअघि पनि बेलाबखत यस्ता पत्रहरु आउने गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top