त्रिशुलीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न निगमको प्रहरीलाई पत्राचार

९ असोज ७७, शुक्रबार

९ असोज, काठमाडौं । असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

Advertisement

दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको निगमको थानकोट प्रादेशिक डिपोले जनाएको छ । दुर्घटना नियोजित हो की भन्ने आशंकामा प्रहरीलाई छानबिन गर्न भनिएको थानकोट डिपो प्रमुख प्रदिपकुमार यादवले बताए ।

थानकोट डिपोमा ट्यांकर नआईपुग्दै उक्त ट्यांकरमा मिसावट बारेको अपुष्ट सूचना प्राप्त भएपनि त्यसको आधिकारिक पुष्टि भने भईनसकेको डिपो प्रमुख यादवले बताए ।

Advertisement

असोज ४ गते विहानको दुई बजे नदीमा खसेको २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर सुदीप बोहराले चलाएका थिए । चालकसहित ट्यांकरमा सवार सहचालक मनिष नगरकोटी दुर्घटनामा सुरक्षित रहेपनि २१ लाख रुपैयाँ पर्ने पेट्रोल नष्ट भएको थियो ।

दुवैजनालाई हिरासतमा लिएर अहिले गजुरी प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top