×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

घोडाघोडी तालको आकर्षणमा कसरी लोभिए पर्यटक ?

९ आश्विन २०७७

९ असाेज, कैलाली ।

विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको छ । घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि गत वर्र्ष ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन् । कोरोनाका बीच पनि अहिले दैनिक रूपमा १ सय बढी पर्यटकहरूले घोडाघोडीको अवलोकन गरी रहेका छन् ।

Advertisement
Advertisement

विश्व रामसार सूचीमा सूचीकृत नेपालको तालमध्ये कैलाली जिल्लाको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल हो । पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्ने मध्ये घोडाघोडी नपुग्ने विरलै हुन्छन् । नाममात्र सुनेका पर्यटकहरूको ध्यान पनि यो तालले खिचेको हुन्छ ।

 

करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । तालको आसपासमा रहेका अन्य १३ वटा ससानातालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफलमात्रदुईसय ४८ हेक्टर क्षेत्रफलजमिन पर्दछ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ । ताल क्षेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडाघोडी ताल र मन्दिरको अवलोकन दर्शन गर्नका लागी ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको संरक्षणकर्मी दीपक शाहले बताए ।

घोडाघोडी घुमघाम गर्नको लागि पर्यटकहरूलाई कुनै असुविधा हुँदैन । घोडाघोडी तालनजिक सुखड गाउँमा आधुनिक होटलहरु सञ्चालनमा छन । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहाने पर्यटकहरूका लागी माघी गाउँमा होमस्टे सञ्चालनमा छ । घोडाघोडी नगरपालिकाले यसको संरक्षण सम्वद्धनका लागी घोडाघोडी पर्यटन बोर्ड गठन गरेर काम गरिरहेको छ । यो क्षेत्रमा बढी भन्दा बढी पर्यटकहरू भित्राउन नगरपालिकाले गुरुयोजना तयार गरेको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बताए ।

घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूकाप्रजाति संरक्षित क्षेत्रका रुपमा रहेका छन् । त्यस्तै रैथाने प्रजातिकादर्जनौँ माछाहरू, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन स्थल बनेको छ घोडाघोडी ताल । ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जङ्गली धान समेत पाइन्छ । घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरू, ३२ प्रजातिका पुतलीहरू, ११ प्रजातिका गोहीहरू, ७ प्रजाति घस्रिने जन्तुहरू, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेका छन् । सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top