×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सम्झनाको शव उठेन

११ आश्विन २०७७

बझाङ : मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्।

सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका लागि संसार छाडेकी छन्। बुधबार दिउँसो करिब १२ बजेको थियो। परिवारका तीन बहिनी र हजुरआमा (बज्यै)सँगै बसेर दिउँसोको खाना खाए। यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो। घरमा खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन। नजिकैको मन्दिरमा लगेर उनको बलात्कार पछि हत्या भयो।

Advertisement
Advertisement

उनको हत्या भएको चार दिन पुगेको छ तर अहिलेसम्म आफन्तले शव बुझ्न मानेका छैनन्। सम्झनाको शव चारदिनदेखि जिल्ला अस्पतालमा राखिएको छ। पोष्टमार्टम गरिएको भए पनि हत्यारा पत्ता नलगाएर कारबाही नहुँदासम्म शव नउठाउने भन्दै पीडित परिवारले स्थानीय प्रशासनमा दबाब दिँदै आएका छन्।

Advertisement

सम्झनाले घरबाट बोकेर गएको डोको नाम्लो र हँसिया सिम देवताको मन्दिर नजिक भेटिएको थियो। मन्दिरभित्र बलात्कारपछि धारीलो हतियारले टाउको र शरीरमा हानेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। सम्झनाले कानमा लगाएको पाँच आना सुनका गहनासमेत लुटिएको प्रहरीले बताएको छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय राजेन्द्र बोहरालाई नियन्त्रणमा लिएको छ।, यो समाचार आजको नागरिक दैनिकमा जगत खड्काले लेखेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top