नार्कको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

११ असोज ७७, आइतबार
Share this
744shares

११ असोज, काठमाडौं ।
सरकारले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निणर्य गरेको हो ।

Advertisement

यसअघि नार्कको उपनिर्देशक रहेका डा. भण्डारीलाई कृषि मन्त्रालयको सिफारिसमा कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।  तीन वर्षदेखि रिक्त रहेको उक्त पदमा भण्डारी नियुक्त भएका हुन्।

मन्त्रिपरिषद् बैठकले सातै वटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि एमओयू गर्ने निणर्य गरेको छ। वागवानी केन्द्र स्थापनाका लागि एमओयू गर्ने अधिकार इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिइएको छ ।

Advertisement

यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै आएको थियो । प्रधानमन्त्री केपी ओलीले आइतबार नै बैठक बोलाए पनि यो नियमित एजेन्डामै केन्द्रित भएको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top