घरपायक क्याम्पसबाट परीक्षा दिन सक्ने व्यवस्थासहितको तयारीमा त्रिवि

११ असोज ७७, सोमबार

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे पुनः लकडाउन गर्न सक्ने जनाएपछि त्रिविले घरपायक क्याम्पसबाट परीक्षा दिन सक्ने व्यवस्थासहितको तयारी थालेको हो ।

त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सरकारले पुनः लकडाउन गरे घरपायकको क्याम्पसमा भए पनि परीक्षा दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले भौतिकरुपमै परीक्षा दिने व्यवस्था गरेका छौं, परिस्थिति बदलिएर पुनः लकडाउन भए सबै वैकल्पिक व्यवस्थासहित घरपायक परीक्षा दिने योजना बनाएका छौं ।’

त्रिविको परीक्षा सञ्चालक समितिको बैठकले मंसिरमा परीक्षा गर्ने गरी सबै तयारी गर्न डीन कार्यालयलाई निर्देशन दिएको थियो । डीन कार्यालयले सबै क्याम्पसलाई परीक्षाको तयारी थाल्न निर्देशन दिएसकेको छ । डीन कार्यालयले सबै क्याम्पसका विद्यार्थीको अवस्थाबारे जानकारी लिइसकेको छ ।

Advertisement

कुन विद्यार्थी कहा⁄ छन् लकडाउन खुलेसँगै राजधानी वा क्याम्पससँग सम्पर्क गरेका छन् कि छैनन्लगायतका विषयमा समेत अध्ययन भइरहेको जानकारी गराउँदै रजिस्ट्रार दाहालले भन्नुभयो– ‘दशैंअघि यथार्थ विवरण आएपछि मोडलको बारेमा जानकारी दिनेछांै ।’

पनिकाले अनलाइन वा अन्य विश्वविद्यालयकै जस्तै निश्चित समय दिएर ओपन बुक मोडलमा परीक्षा लिने तयारीसमेत गरेको छ । यो मोडलमा परीक्षा हुनु केही मिनेटअघि क्याम्पसले इमेलबाट प्रश्नपत्र पठाउने र विद्यार्थीले तोकेको अवधिमा फोटो खिचेर वा स्क्यानिङ गरी उत्तरपुस्तिका पठाउनुपर्ने हुन्छ ।

परीक्षाका प्रमुखसमेत रहनुभएका रजिस्ट्रार दाहालले पहिलो चरणमा स्नातकोत्तर तहका करिब २५ हजार विद्यार्थीको परीक्षा लिने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।, याे समाचार नेपाल समाचारपत्रमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top