सर्पदंश उपचार केन्द्रमा सहज रुपमा उपचार

सर्पदंश उपचार केन्द्रमा सहज रुपमा उपचार

इटहरी, २४ वैशाख ः नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हाताभित्र सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले सर्पको डसाइबाट अशक्त भएकाहरुको सहज उपचार गर्दै आएको छ ।

विसं २०६९ देखि नेपाली सेनाको सहयोगमा सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि सात हजार १०० जनाले उपचार पाइसकेको सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष दिवस पोख्रेलले जानकारी दिए ।

सर्पदंशका पीडितलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउँदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रले यस वर्षको वैशाख तेस्रो सातासम्ममा झण्डै एक हजार ४०० जनाको उपचार गरिसकेको छ । इटहरी उपमहानगरका बासिन्दाको निःशुल्क उपचार गरिँदै आएको नगर उपप्रमुख लक्ष्मी गौतमले बताए। भेन्टिलेटेरमा उपचार गर्नु पर्ने अवस्थाका पीडितलाई भने उपचार केन्द्रले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा विराटनगरको नोबेल मेडिकल कलेज पठाउने गरेको छ ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.