सरकारद्वारा ४६ क्विन्टल प्याज बिक्री, प्रतिकेजी ६० रुपैयाँ, एकजनाले ३ केजीसम्म मात्र किन्न पाउने

१२ असोज, काठमाडौं । सरकारले तीन दिनमा ४६ क्विन्टल प्याज बिक्री गरेको छ । बजारमा जफत गरेको एक सय ४६ क्विन्टल प्याजमध्ये आइतबारसम्ममा ४६ क्विन्टल प्याज बिक्री गरेको खाद्य व्यवस्था तथा बजार व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

कम्पनीले गएको शुक्रबारदेखि बजार अनुगमनका क्रममा जफत भएका प्याज बिक्री गरिरहेको हो । बजारमा एक सय ३० रुपैयाँभन्दा बढीमा प्याजको बिक्री भइरहेको छ । यो मूल्य पसलैपिच्छे फरक छ । किलोको एक सय ३० भन्दा कम मूल्यमा खुद्रा पसलमा प्याज पाइँदैन ।

सरकारले गएको हप्ता बल्खु तरकारी बजारमा अनुगमनका क्रममा जफत भएको प्याज किलोको ६० रुपैयाँमा बेचिरहेको छ । किलोको ६० रुपैयाँमा प्याज पाइने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपभोक्ताको लामो लाइन छ ।

कम्पनीले एक जनालाई बढीमा तीन किलोसम्म प्याज बिक्री गरिरहेको छ । प्याज किन्न पुग्ने उपभोक्ताले सामान्य स्वास्थ्य मापदण्डको पालनासमेत गरेका छैनन् । लाइन व्यवस्थित गराउन मुश्किल भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । कम्पनी परिसरमा दुरी कायम गर्न सेतो घेरा बनाए पनि त्यो पालना नभएको उनले बताइन् ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफुल तथा तरकारी बजारमा सोमबार प्याज किलोको एक सय रुपैयाँ तोकिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top