विवादका कारण रद्द भयो यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान

१२ असोज ७७, मंगलबार

१३ आश्विन, काठमाडौँ ।
यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ ।

Advertisement

विवाद उत्पन्न भएपछि सम्मान रद्द गरिएको पुरस्कार प्रदान गर्ने संस्थाले जनाएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विज्ञप्ति निकालेर भनेको छ, ‘यो वर्ष पुरस्कार घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा सोमबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ, ‘यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौँ, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने कदापी थिएन ।

Advertisement

सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’ खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने प्रतिवद्धता पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र २०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यस वर्ष क्रमशः सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने घोषणा अशोज ११ गते भएको थियो ।

Advertisement

त्यसपछि उप्रेतीले यौन उत्पीडनको आरोप लागेका प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार नलिने बताएका थिए । त्यसपछि प्रश्रितले पनि विवादमा ल्याउन खोजिएको भन्दै तत्कालका लागि पुरस्कार नलिने बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top