१३ असोज, बिराटनगर ।
इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भदौ महिनाको सर्वाेकृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही अवैध हातहतियारद्वारा ब्यक्तिहत्या जस्तो जघन्य अपराधको घटना घटाई लुकीछिपि बसेको अभियुक्तलाई खोजतलास गरी पक्राउ गर्न सफल भएको भन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले कार्कीलाई महिनाको सर्वाेकृष्ट प्रहरी घोषित गरेको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वाेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तर सम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिँदै आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।