×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

त्रिशूल र घनले हानेर सम्झनाको हत्या गरेको राजेन्द्रले स्विकारे

१५ आश्विन २०७७

१५ आश्विन, बझाङ ।
१२ वर्षीय किशोरी सम्झना कामी बलात्कार तथा हत्या घटनामा प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको छ ।

आरोपमा पक्राउ परेका मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराले अपराध स्वीकार गरेका छन् । गत बुधबार सोही ठाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो । त्यही दिन पक्राउ परेका बोहराले आठ दिनपछि बुधबार प्रहरीसामु हत्या स्विकारेका हुन् ।

Advertisement
Advertisement

गोठ हिँडेकी सम्झनालाई खिकाला गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेको उनले साविती बयान दिएको प्रहरीले जनाएको छ ।

‘सुरुमा फकाएर मन्दिरतर्फ लगेको र सम्झनाले मन्दिरभित्र जान नमानेपछि उनले बोकेको डोको, नाम्लो र हँसिया थुतेर फालिदिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि लछारपछार गर्दै मन्दिरभित्र लगेर बलात्कार गरेछ ।’

बलात्कारका क्रममा सम्झनाले सक्दो प्रतिकार गरेको र गाउँका सबैलाई भनिदिन्छु भनेपछि पोल खुल्ने डरले हत्या गरेको बोहराले बयानमा बताएका छन् । उनले मन्दिरभित्र रहेको त्रिशूल र घनले हानेर हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका हतियार बरामद गरिसकेको छ । ‘सुरुमा ढुंगाले टाउकोमा हानें । टाउकाको चोटले सम्झना ढलेपछि मन्दिरभित्र रहेको त्रिशूल ल्याएर पिठ्युँमा घोपेको हुँ,’ बोहरालाई उद्धृत गर्दै बयानमा संलग्न एक प्रहरीले भने, ‘त्रिशूलले घोपेपछि ऊ झन् छटपटाउन थाली ।

त्यसपछि फेरि घनले टाउकोमा हानें ।’ मन्दिरको शौचालय र गोलघरको निर्माण कार्य भइरहेकाले घनलगायतका सामान त्यहीं राखिएको र बोहराले त्यसैको प्रयोग गरेको प्रहरीको भनाइ छ । गत साउनमा पनि बोहराले पानीघट्टमा अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको सार्वजनिक भइसकेको छ ।

घटनापछि मिलापत्र भएको र पुनः यो घटना पनि बाहिर आएपछि झन् तनाव हुने सोचले आफू सम्झनालाई मार्ने मनसायमा पुगेको उनले प्रहरीसमक्ष बताएका छन् । बोहराले सम्झनाको हत्या गरिसकेपछि मन्दिरभन्दा ५ मिनेट टाढा गाउँतर्फ गएर ओखर टिपेर खाएको र खोला किनारमा गएर बालुवामा सायरीसमेत लेखेको बताएका छन् ।

कसैले सोध्यो भने ‘ओखर खान गएको थिएँ’ भनेर बहाना बनाउने सोचेको उनको भनाइ छ । अन्य सबुत प्रमाणका आधारमा बोहरा नै हत्यारा हो भन्ने निष्कर्षमा प्रहरी पुगे पनि उनले अपराध स्वीकार नगरेका कारण जिल्लावासीले अनुसन्धानमा शंका गरेका थिए ।

मंगलबार भएको सर्वपक्षीय बैठकमा पनि उनको पोलिग्राफ र डीएनए परीक्षण गर्नुपर्ने माग उठेको थियो । त्यसैले प्रहरी बोहरालाई सावित गराउनुपर्ने वा वैज्ञानिक परीक्षण गरेर अपराध पुष्टि गर्नुपर्ने दबाबमा थियो ।

‘हामी त ऊभन्दा अर्को अपराधी हुनै सक्दैन भन्नेमा पहिले नै ढुक्क थियौं,’ जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रूपक खड्काले भने, ‘उसले अपराध स्वीकार नगरेका कारण आम मान्छेमा शंका उठ्नु स्वाभाविकै हो । अब उसले अपराध स्वीकार गरिसकेको छ ।’

उनलाई सावित गराउन प्रहरीले यसअघि प्रयोगमा ल्याएका धेरै जुक्ति र प्रविधि प्रयोग गर्नुपरेको डीएसपी खड्काले जानकारी दिए ।  ‘घटनालगत्तै अपराधी पक्राउ गर्नेदेखि साविती बयान गराउनसम्म प्रहरी हेडक्वार्टर, प्रदेश र जिल्लाको टिमको संयुक्त प्रयासले समयमै दोषी पत्ता लगाउन सफल भयौं,’ उनले भने, ‘केही दिनभित्रै अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गर्छौं ।’

Advertisement

यसैबीच, गृह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको मौखिक जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार सम्झनाको परिवारलाई राहत उपलब्ध गराउने विषयमा सुदूरपश्चिम प्रदेश सरकार पनि छलफलमा रहेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top