समयमा शुरु हुन सकेन चिया परीक्षण केन्द्र

१४ असोज ७७, बिहीबार

१५ असाेज, इलाम।

विभिन्न समस्याले यहाँस्थित सूर्योदय नगरपालिकामा निर्माण हुन लागेको ‘चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र’को काम अझै शुरु हुन सकेको छैन । गएको चैतबाटै शुरु हुने भनिए पनि कोरोना र वर्षाको समस्या देखाउँदै केन्द्रको काम शुरु नभएको हो ।

प्रदेश नं १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रु २३ करोडको लगानीमा उक्त केन्द्र निर्माण गर्न लागेको हो । प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहने जनाइएको छ ।

Advertisement

नगरपालिकाले पाँच वर्षमा भवन निर्माण सक्ने बताएको थियो । हालसम्म पनि भवनको निर्माण कार्य नथालिएकाले भवन निर्माण म्यादभित्र नसकिने सम्भावना बढेको छ ।

“फागुनमै डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) लगायतका काम सम्पन्न भएको थियो”, सूर्योदय चिया सचिवालयका संयोजक देवेन्द्र शर्माले भने, “तर कोरोना र पानी बढेका कारण हालसम्म शुरु हुन सकेको छैन ।”

शर्माका अनुसार भवनमा चिया परीक्षण मात्र नभई भवनभित्र चियाको सङ्ग्रहालय, मिटिङ हल, विदेशी पाहुना बस्ने भवनसमेत हुनेछ । विदेशी पर्यटक आउँदा चियाको अध्ययन गर्न सहज बनाउन सङ्ग्रहालयसमेत भवनमा रहने शर्माको भनाइ छ । नगरका इञ्जिनीयर सिर्जन बरालका अनुसार चियाको टेस्टिङका लागि पाँच वटा भवन (ब्लक) निर्माण हुनेछन् ।

एउटा ब्लकमा प्रशासन र जानकारी दिने अफिस, दोस्रो ब्लकमा सङ्ग्रहालय र चियाको परीक्षण भवन रहने छ भने तेस्रो ब्लकमा शौचालय र कटेज बनाइने इञ्जिनीयर बरालको भनाइ छ । यस्तै, चौथो ब्लकमा बैठक बस्ने सभाकक्ष रहने छ भने पाँचौँमा विदेशी पर्यटकका लागि अतिथि कक्ष रहने छ ।

“केही भवन दुईतले र कुनै तीनतले बनिने छन्” बरालले भने, “तर समयमा शुरु गर्न सकिएन ।” शुरुमा कोरोनाका कारण ठेकेदारले काम नथाले पनि साउनको पहिलो हप्ताले थाल्ने सक्रियता देखाएको थियो तर मध्य वर्षाको समय भएकाले झरीपछि मात्र काम थाल्न नगरले निर्देशन दिएकाले ढिलाइ भएको बरालको भनाइ छ । गएको वर्ष चिया परीक्षण केन्द्र बनाउनका लागि मुख्यमन्त्री शेरधन राईसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पदाधिकारीले नगरपालिकासँग सम्झौता गरेका थिए ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top