भक्तपुरमा मिनिबसभित्र किशोरीमाथि सामुहिक बलात्कार, दुई आरोपी पक्राउ

१८ असोज, काठमाडौं । भक्तपुरमा लठ्ठयाउने औषधी खुवाएर मीनीबसभित्र १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन्। उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए।

उनीहरूले ती किशोरीलाई १६ र १७ गते पटक-पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

ती किशोरीका परिवार अहिलेसम्म सम्पर्कमा आएका छैनन् । सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन् ।

घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.