Nepal Times
Nepal Times
3
Shares

आईपीएलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्ने

आईपीएलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर  भिड्ने

१९ असोज, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्ने भएका छन् ।

आईपीएलमा आज एक खेल मात्रै हुनेछ । खेल यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजे खेल हुनेछ । यो खेलमा जित निकाल्ने टीम शीर्ष स्थानमा उक्लनेछ । चार खेलमा तीन खेल जितेको मुम्बई इन्डियन्स ६ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ६ अंक भएका दिल्ली र बेङ्ग्लोर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

आज जित्ने टिम ८ अंकका साथ शीर्ष स्थानमा उक्लनेछ । यसअघि राति भएको खेलमा साविक उप-विजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.