प्रसुति गृहमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु

१८ असोज ७७, सोमबार

१९ असोज, काठमाडौं ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।

पाँचमध्ये चार जना जीवित रहेको र एक जना भने जन्मनुअघि नै मृत्यु भइसकेको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए ।

Advertisement

सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित पाँच शिशुको जन्म भएको हो । शिशुहरु १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्रामको रहेको अस्पतालले जनाएको छ। अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको जनाइएकाे छ।

जीवित जन्मिएका चार शिशुलाई हाल निगरानीका लागि एनआइसियूमा राखिएको डा सुवेदीले जानकारी दिए। एकै पटक पाँच जना शिशुलाई जन्म दिएको पहिलो पटक हुन सक्ने उनले बताए।

Advertisement

ती महिलाको तीन हप्ता अघि भिडियो एक्सरे गर्दा एक शिशुको गर्भमै मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top