हङकङ पुगेका ६ यात्रुमा संक्रमण देखिएपछि नेपाल एयरलाइन्सको उडान दुई साताका लागि रद्द

२० असोज, काठमाडौं । नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ जना यात्रुमा कोरोना भाइरस पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ ।

Advertisement

नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भएको हो । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा समेत हङकङमा कोरोना देखिएको हो ।

नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान थियो ।

Advertisement

तर, हङकङ पुगेका यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्स कारवाहीमा परेको हो ।

यात्रुको लापरवाहीको शिकार नेपाल एयरलाइन्स परेको हो । ४ अक्टोबरबाट लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुने भएको छ ।

Advertisement

अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ पुगेका यात्रुमा सोमबार कोरोना पुष्टी भएको हो ।

सोमबार हङकङमा कुल ११ जनामा कोरोना देखियो, त्यसमध्ये ६ जना नेपाल एयरलाइन्सका यात्रु रहेको बताइएको छ ।

एक जना भने भारतबाट गएका यात्रु थिए । सरकारले नियमित उडान खुला गरेसँगै हङकङमा नेपाल एयरलाइन्सले उडान गरिरहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top