बाग्लुङको ढोरपाटन बाढीपहिरो पीडितलाई सरकारको ६१ लाख राहत

२० असोज ७७, बुधबार

२१ असोज, काठमाडौं । भदौ १७ गतेको बाढीपहिरोमा परेर परिवारका सदस्य गुमाएका बाग्लुङको ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिराले क्षति भएको एक महिनापछि मङ्गलबार मन्त्रालयले जिल्ला प्रशासनमार्फत राहत उपलब्ध गराएको हो ।

बाढीपहिरोमा परेर ज्यान गुमाएका २२ र बेपत्ता १५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङले राहत रकम प्रदान गरेको हो । एक जना मात्रै मृतक रहेका परिवारलाई दुई लाख रुपैयाँ, एकभन्दा बढी मृतक वा बेपत्ताका परिवारलाई प्रतिव्यक्ति दुई लाखमा एक लाख थप गरेर तीन लाख रुपैयाँ उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

त्यस्तै बाढीपहिरोका कारण घरबास गुमाएका २० परिवारलाई तत्कालका लागि १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको उहाँले बताउनुभयो ।

Advertisement

“जसको घरबास सकियो, अन्य उपाय पनि छैन, उहाँलाई तत्कालका लागि समस्या समाधानका लागि १५ हजार रुपैयाँ दियौँ”, न्यौपानेले भने, “निकै समस्या भएका परिवारले मात्रै यो रकम पाए, क्षति भएकालाई क्रमशः विधिसम्मत राहत उपलब्ध हुन्छ ।”

राहत रकम लिने सबैभन्दा धेरै बालबालिका छन् । बाढीपहिरोमा आफन्त गुमाएका २३ बालबालिकाले राहत पाएका छन् । उनीहरुको नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखामा खाता खोलेर रकम जम्मा गरिएको छ ।

Advertisement

“वयस्कहरुलाई नगद नै दियौँ, बालबालिकाको रकम दुरुपयोग नहोस् भनेर बैंकमा राखिदियौँ”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र न्यौपानेले भने, “बाल बचतमा रहेको उक्त रकम उनीहरुले वयस्क भएपछि प्रयोग गर्न सक्छन् ।”

बचतबाट आउने ब्याज रकमले उनीहरुको शिक्षामा सहयोग पुग्ने उनले बताए । पहिरोमा एकभन्दा धेरै सदस्य गुमाएका सात परिवार छन् । बाढीपहिराले १ सय २७ घर बगाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार बस्नै नमिल्ने गरी भत्केका सबै घरको सूची गृह मन्त्रालय पठाइएको छ । (रासस)

Advertisement

भर्खरको समाचार

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

सम्बन्धित समाचार

Scroll to Top