Nepal Times
Nepal Times
3
Shares

नगर बाल सञ्जाल दमकले प्रदेश बालिका सम्मेलन गर्ने

नगर बाल सञ्जाल दमकले प्रदेश बालिका सम्मेलन गर्ने

२१ असोज, दमक ।
नगर बाल सञ्जाल दमकले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा भर्चुुअल प्रदेश बालिका सम्मेलन गर्ने भएको छ ।

दमक नगरपालिकाको समन्वय तथा इटहरी, कन्काई र कमल पालिकास्तरीय बाल सञ्जालसँगको सहकार्यमा यही असोज २४ र २५ गते भर्चुअल माध्यामबाट बालिका सम्मेलन आयोजना गर्न लागिएको कार्यक्रम संयोजक प्रेनुशा पाण्डेले जानकारी दिइन् ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फे प्रमुख अतिथि रहने छिन् । साथै अनुराधा कोइराला, श्रृखला खतिवडा, नेपाल प्रहरीकी एस.एस.पी दुर्गा सिंह, मनोविमर्शकर्ता स्वस्तिका पोखरेल, बालिका तथा महिला अधिकारकर्मी अस्मिता सापकोटा, प्रशिक्षक मञ्जरी घिमिरेलाई वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।

कार्यक्रममा बालिकाको अवस्था, बालिका विरुद्धका हिंसा, लकडाउनमा बालिका, बालिका दुव्र्यवहार र त्यसबाट बच्ने उपाय साथै बालिका सम्बन्धी कानुनी व्यवस्था र राज्यका नितिका बारेमा छलफल गरि ती विषयहरुमा बालिकालाई सचेत र सक्षम बनाउने उद्देश्य लिईएको आयोजकले जनाएको छ।

सम्मेलनमा प्रदेश नंम्बर १ का १० देखि १८ वर्ष सम्मका बालिकाहरुले फारम भरेर सहभागी हुन सक्ने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.