Nepal Times
Nepal Times
3
Shares

पछिल्लाे २४ घण्टामा ११२६ कोरोना संक्रमित निको भएर घर फर्किए

पछिल्लाे २४ घण्टामा ११२६ कोरोना संक्रमित निको भएर घर फर्किए

 २१ असाेज, काठमाडाैँ ।

नेपालमा आज ११ सय २६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार १ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५१, बागमती प्रदेशमा २३ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३ हजार ९ सय २५ जना डिस्चार्ज भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १० हजार ४२, कर्णाली प्रदेशमा ३ हजार ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ९७ जना गरी देशरी ६८ हजार ६ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन ।

आज ३ हजार ४ सय ३९ जना कोरोना  संक्रमित थपिएसँगै देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यसअघि मन्त्रालयले २५ हजार संक्रमित पुगेमा लक डाउन गर्न सकिने गरी निर्णय गर्न सिफारिस गरेको थियो ।

आज आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ३७ जना संक्रमित उपचाररत रहेका छन् । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.