×

NEPAL TIMES UPDATES

Playing
दिपक भट्टको हिरासत लम्बिदा, सम्पत्ति शुद्धीकरणको दफा १६ को चर्चा || Nepal Times
May 17, 2026
Playing
Top 15 Afternoon News || May-17-2026 || Nepal Times
May 17, 2026
Playing
के फेरि मन्त्री बन्दैछन् महावीर पुन ? || Nepal Times
May 17, 2026
Playing
भारतले सिन्धु जल सम्झौता तोड्न नपाउने, Pakistanको पक्षमा फैसला || Nepal Times
May 17, 2026
Playing
इरान यु द्धः यूएईका राष्ट्रपतिलाई पुटिनको फोन, पाकिस्तानी मन्त्री तेहरानमा || Nepal Times
May 17, 2026
Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026

कोरोना जोखिमको कारक होम आइसोलेसन

२२ आश्विन २०७७

काठमाडौं : संघीय राजधानी काठमाडौंलाई कोरोना जोखिमबाट जोगाउन मुस्किल पर्न थालेको छ । राजधानीमा दैनिक करिब एक हजारको संख्यामा संक्रमित थपिन थालेपछि १८ स्थानीय निकायलाई कसरी संक्रमितको दर घटाउने भन्ने विषयमा हम्मेहम्मे पर्न थालेको हो ।

विशेष गरी काठमाडौं र ललितपुर महानगरमा मात्रै संक्रमितको संख्या १४ हजारको हाराहारीमा पुगिसकेको छ । यसको एउटै मात्र मुख्य कारण होम आइसोलेसनमा बसेका संक्रमितहरु जताततै डुल्दै हिँड्नु । स्थानीय तहले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने र स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको दाबी गरे तापनि पछिल्लो समयमा त्यो काम पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

Advertisement
Advertisement

चिनेजानेका र उपल्लो ओहोदामा रहेका व्यक्तिसँग नजिक भएकालाई चासो दिएर सोध्ने गरे पनि सामान्य व्यक्तिको बारेमा कुनै चासो लिने गरेको छैन । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर स्थानीय तहका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले धान्न नसक्ने भएपछि कोरोना संक्रमितको अवस्थाबारे गम्भीर हुन नसकेको हो ।

Advertisement
Advertisement

सरकारले लक्षण नदेखिएका व्यक्तिलाई परीक्षण नगर्न र देखेका व्यक्ति सकभर होम आइसोलेसनमा बस्न आग्रह गरेपछि उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएको हो । विशेष गरी स्वास्थ्य मापदण्ड पूरा नगरी मास्कबिना नै जथाभावी हिँड्ने, भीडभाडामा सहभागी हुनाले समस्या बढेको देखिएको छ ।, याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top