राष्ट्रपति निःशुल्क उद्धार कार्यक्रमअन्तर्गत एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

२१ असोज ७७, बिहीबार

२२ आश्विन, ताप्लेजुङ ।
ताप्लेजुङमा एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

Advertisement

राष्ट्रपति निःशुल्क उद्धार कार्यक्रमअन्तर्गत आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङकी सुत्केरी हुन नसकेकी ३५ वर्षीया चन्द्रकला विकको उद्धार गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले बताए।

विकलाई हिजो बेलुका उद्धार गरी थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाले महिलामा गम्भीर स्वास्थ्य समस्या देखिएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top