धरानमा एक संक्रमितको मृत्यु,एक साताका लागि धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द

२२ असोज ७७, बिहीबार
Share this
674shares

२२ आश्विन, धरान ।
धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement

आज बिहान मृत्यु भएका उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारारत थिए । अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई असोज १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । ती पुरुषलाई विगतमा क्षयरोग थियो भने कलेजो र मृगौलाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

Advertisement

यसैबीच कोरोना संक्रमण बढ्न थालेपछि आजैदेखि एक सातासम्म धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द भएका छन् ।

सर्वपक्षीय तथा सर्वदलिय बैठकमा कोरोना संक्रमण फैलनबाट रोक्न लकडाउन गर्ने कि अरु उपाय गर्ने भन्ने विषयमा वृहत छलफल हुदा लकडाउन नगरि उपमहानगरपालिका मातहतका कार्यालयहरु मात्र असोज २८ गतेसम्म बन्द गर्ने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवाडाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top