२२ असाेज, काठमाडाैँ ।
चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते लिइने स्नातकोत्तर तहको प्रवेश परीक्षा लिने भएकाे छ । आयोगले बिहीबार सूचनामार्फत कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर परीक्षा हुने जनाएकाे हाे ।
प्रवेश परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थी पनि सहभागी हुन चाहेमा छुट्टै कोठामा राखेर परीक्षा लिइने आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले जनाएका छन् ।