×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

डिन बर्खास्तीमा रोकियो सरकार र डा.केसी पक्षकाे वार्ता

२३ आश्विन २०७७

काठमाडौँ : सरकार र डा. गोविन्द केसी पक्षबीच बिहीबार वार्ता भए पनि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र निर्देशक डा. दिनेश काफ्लेको बर्खास्तीसम्बन्धी विषयका कारण निष्कर्षमा पुग्न सकेन । दुवैतर्फका टोलीले भने वार्ता सकारात्मक ढंगले अघि बढेको र निष्कर्षको नजिक पुगिसकेको दाबी गरेका छन् ।

शिक्षा मन्त्रालयमा सरकारी र डा. केसीतर्फको वार्ता टोलीबीच करिब १० घण्टा लामो छलफल भएको थियो । सरकारी टोलीले बिहीबार साँझ मात्रै वार्ता गर्ने भने पनि दबाब दिएर बिहान १०ः४० बजै ने सुरु गरेको डा. केसी पक्षका एक सदस्यले बताए । डा. केसी ६ बुँदे माग राखेर २५ दिनदेखि आमरण अनशनमा छन् । आईओएममा वरिष्ठता मिचेर गरिएको नियुक्ति सच्याउनुपर्ने उनको माग छ । विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलमा मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्थासमेत गरिनुपर्नेमा उनको जोड छ ।

Advertisement
Advertisement

अख्तियारको बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने माग पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित भएको तर परामर्श गर्न समय नपाएको हुनाले त्यसलाई टुंगो लगाउन नसकिएको वार्ता टोलीका एक सदस्यले बताए । ‘मागको बुँदा–बुँदामा छलफल भयो, आन्तरिक गृहकार्य पनि गर्नुपर्ने देखिएकाले वार्ता स्थगन गरिएको छ,’ केसीतर्फका वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले भने, ‘शुक्रबार बिहानै बस्छौं ।’ डा. केसीको पक्षका एक सदस्यले जीवन घिटीघिटीमा पुगेका बेला पनि सरकारले बुझ्न नसकेको टिप्पणी गरे ।

आईओएममा वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति हुनुपर्ने माग डा. केसीले २०६९ को पहिलो अनशनदेखि नै उठाएका हुन् । उनको तेस्रो अनशन (२०७०) का क्रममा आईओएममा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्ति गर्ने सहमति सरकारसँग भएको थियो । तर त्रिविले आईओएमको डिनमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. शाहलाई वरिष्ठता मिचेर गत असार ३ मा नियुक्ति दियो । त्यतिबेलै डा. केसीले नियुक्ति सच्याउन विज्ञप्तिमार्फत आग्रह गरेका थिए । भदौ २३ मा डिन डा. शाहकै सिफारिसमा शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा नेकपानिकट डा. दिनेश काफ्ले नियुक्त भएका छन् ।

डिन डा. शाह ३३ औं वरीयताक्रममा

छिन् भने डा. काफ्ले उनीभन्दा पनि पछाडि छन् । प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले दुवैलाई नियुक्ति दिएको स्रोतको दाबी छ । डा. काफ्ले पूर्वएमाले खेमाका आईओएमभित्र प्रभावशाली प्राध्यापक मानिन्छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, गेटा मेडिकल कलेज, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसलगायतका कार्यक्रम सुरु गर्नुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने मागमा भने लगभग सहमति भइसकेको दुवै वार्ता टोलीले दाबी गरेका छन् । २०७५ साउन १० गतेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने डा. केसीको अर्को माग छ । उक्त मागका विषयमा पनि सहमतिनजिक पुगिएको डा. क्षत्रीले जनाए । ऐन संशोधनका लागि सुझाव दिन कार्यदल बनेको छ ।

उक्त विषय कार्यदलकै जिम्मामा छाड्ने विषयमा छलफल भएको थियो । बयलपाटा अस्पतालमा पूर्वाधार र जनशक्ति पुर्‍याउने विषयमा पनि सरकार सकारात्मक रहेको छ । ठूला भ्रष्टाचार काण्डहरू छानबिनको विषयमा पनि ठूलो मतभेद नरहेको वार्ता टोलीले जनाएको छ ।

Advertisement

डा. केसीसँग वार्ता गर्न बुधबार सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरेको थियो । बिहीबार वार्ता सुरु हुनुअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मुख्यसचिव शंकरदास बैरागी र सरकारी वार्ता टोलीका संयोजक मैनालीबीच डा. केसीका मागका विषयमा छलफल भएको थियो । बिहान १०ः४० मा सुरु भएको बैठक ३ बजे स्थगित भएर पुनः ५ बजे सुरु भएको थियो । डा. केसीतर्फका वार्ता टोलीका सदस्यले छलफल सकारात्मक रहेको भन्दै उनलाई भेट्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top