पाकिस्तानले लगायो टिकटकमाथि प्रतिबन्ध

२३ असोज ७७, शनिबार

२४ आश्विन, एजेन्सी ।
पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानी दूरसञ्चार प्राधिकरण (पीटीए) ले शुक्रबारबाट टिकटकमाथि प्रतिबन्ध लगाएको हो । पाकिस्तान सरकारले ‘अनैतिक र अश्लील’ सामग्री फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।

भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ । पीटीएले टिकटकले अवैध सामग्री नियन्त्रणका लागि सन्तोषजनक विधि अपनाएपछि मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने बताएको छ ।

टिकटक चिनियाँ कम्पनीको बाइटडान्सको एप हो । जसमा छोटो अवधिमा भिडियो राख्न सकिन्छ । पाकिस्तानले टिकटकलाई आपत्तिजनक सामग्रीका विषयमा गत जुलाई महिनामै चेतावनी जारी गरेको थियो ।

तर, टिकटकका तर्फबट सन्तोषजनक कदम नचालिएपछि प्रतिबन्ध लगाउने कदम चालिएको बताइएको छ । पीटीएका प्रवक्ताका अनुसार पाकिस्तानमा टिकटकका प्रति महिना दुई करोड एक्टिभ युजर्स छन् । टिकटक पछिल्ला १२ महिनामा व्हाट्सएप र फेसबुकपछि सबैभन्दा बढी डाउनलोड गरिएको तेस्रो एप हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top