डोनाल्ड ट्रम्पबाट अरुलाई कोभिड सर्ने सम्भावना छैनः ह्वाइट हाउस

२४ असोज ७७, आइतबार

२५ आश्विन, एजेन्सी ।
ह्वाइट हाउसका चिकित्सकले भनेका छन्, राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुलाई कोभिड सर्ने सम्भावना छैन।

Advertisement

गएको बिहीवारपछि राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे पहिलोपटक मेमो अपडेट गर्दै डाक्टर सियन कोनलेले यस्तो दावी गरेका हुन्। कोभिड १९ को संक्रमण र त्यसपछिको छोटो अवधिको अस्पताल बसाईपछि हिजो राष्ट्रपति ट्रम्प समर्थक सामुन्ने देखामात्र परेनन् उनीहरुलाई सम्बोधन पनि गर्न भ्याए।

तीन दिन अस्पतालमा बिताएका ट्रम्प यति छिट्टै सार्वजनिक समारोहमा उपस्थित हुनुलाई लिएर विभिन्नखाले दृष्टिकोणहरु सार्वजनिक भएका छन्। चुनावी चटारोमा रहेका ट्रम्प आइसोलेसन अवधि छोट्याउँदै ह्वाइट हाउस फर्किएका हुन्।

Advertisement

डाक्टरले जारी गरेको मेमो अनुसार ट्रम्पको शरीरमा एक्टिभ भाइरस रहेको कुनै पनि प्रमाण फेला नपरेको उल्लेख छ। यसको अर्थ उनलाई कोभिड १९ नेगेटिभ भइसकेको हो या होइन भन्ने चाहिँ खुलाइएको छैन।

हिजोको कार्यक्रमलाई औपचारिक रुपमा शान्तिपूर्ण धर्ना भनिए पनि विश्लेषकहरुले यसलाई चुनावी र्‍यालीको रुपमा अर्थ्याएका छन्। राष्ट्रपति ट्रम्पले कोभिड १९ विरुद्ध कुनै औषधि सेवन नगरेको बताए भने उनले जनसमूहलाई भनेका थिए, फिलिङ ग्रेट।

Advertisement

यता ट्रम्पले कोरोना केही होइन भन्ने शैलीमा अभिव्यक्ति दिइरहँदा उनका प्रतिस्पर्धी जोय बिडन भने कोरोना भाइरसका कारण ज्यान गुमाएकाको परिवारप्रति सहानुभूति प्रकट गरिरहेका थिए। विडेन अहिले पेन्सेल्भेनियामा चुनावी अभियानमा छन्।

अहिलेसम्म अमेरिकामा २ लाख १० हजार भन्दा धेरै मानिसको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top