अरिङ्गालको टोकाईबाट युवकको मृत्यु

२५ असोज ७७, आइतबार

२५ असोज, खोटाङ ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी- ६ बस्ने २९ बर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ ।

Advertisement

शनिबार जंगलमा घाँस काट्न गएका राईलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरीरका विभिन्न भागमा टोक्दा उनी वेहोस भएका थिए ।

अरिङ्गालले टोकेर वेहोस भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आइतबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top