गलत सम्पादन गरेर मेरो भनाईलाई ट्रम्पको चुनावी अभियानमा प्रयोग गरियोः डा. फाउची

२६ असोज ७७, सोमबार

२६ आश्विन, एजेन्सी ।
अमेरिकाका उच्च सरकारी वैज्ञानिक तथा सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आफूले फरक सन्दर्भमा बोलेको कुरालाई गलत सन्देश जाने गरेर सम्पादन गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा प्रयोग भएको बताएका छन्।

Advertisement

ट्रम्पको चुनावी अभियानले बनाएको विज्ञापनमा डा. फाउचीले ‘अरु कसैले यति राम्रो गरेको कल्पना गर्न सक्दिन’ भन्दै गरेको सुनिन्छ र सो कुरा कोरोना भाइरसविरुद्धको अभियानमा ट्रम्पका लागि लागु हुने गरी प्रयोग भएको छ।

डा. फाउचीले आफू र स्वास्थ्य अधिकारका लागि बोलेको कुरा ट्रम्पको चुनावी अभियानले राष्ट्रपति ट्रम्पलाई लागु हुने गरी गलत रुपमा प्रयोग गरेको हो। कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासलाई लिएर ट्रम्प र डा. फाउचीबिच लामो समयदेखि विवाद रहँदै आएको छ।

Advertisement

डा. फाउची ट्रम्प प्रशासनको प्रयासलाई लिएर आलोचनात्मक छन्। समाचार संस्था एएफपीलाई पठाएको वक्तव्यमा डा. फाउचीले भनेका छन्, ‘पाँच दशक लामो मेरो सरकारी सेवामा मैले कहिल्यै पनि सार्वजनिक रुपमा कुने पनि राजनीतिक उम्मेदवारको पक्षमा वकालत गरेको छैन।’

उनले अघि भनेका छन्, ‘मेरो स्वीकृति बिना ट्रम्पको चुनावी अभियानले फरक प्रशंगमा महिनौँअघि संघीय स्वास्थ्य अधिकारको प्रयासका सम्बन्धमा गरेको विस्तृत टिप्पणीलाई सम्पादन गरेर गलत सन्देश जाने गरी विज्ञापनमा प्रयोग गरेको छ।’

Advertisement

३० सेकेण्डको चुनावी विज्ञापनमा ट्रम्प कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने क्रममा रहेको र अमेरिका पनि सोही क्रममा रहेको बताएका छन् । त्यसपछि डा. फाउचीको टिप्पणी बजाइएको छ ।

फक्स न्यूजलाई गएको मार्चमा दिएको अन्तर्वार्तामा डा. फाउचीले भनेका थिए, ‘मैले लगभग सम्पूर्ण समय यसमै समर्पित गरेको छु । मैले हरेक दिन भर्चुअल रुपमा ह्वाइट हाउस टास्क फोर्सको सम्पर्कमा रहन्छु । हरेक दिन ।

त्यसैले मलाई लाग्दैन कि कुनै पनि अवस्थामा कसैले पनि यो भन्दा बढी गर्ने कल्पना गर्न सक्दिनँ ।’ सोही अन्तर्वार्ताको अंशलाई सम्पादन गरेर प्रयोग ट्रम्पको चुनावी अभियानले प्रयोग गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top