विराटनगर, बैशाख २७ ः विराटनगरमा बृहत भारतीय शैक्षिक मेला आयोजना हुने भएको छ ।
वाईड रेन्ज कन्सल्टेन्सिको आयोजनामा यही शुक्रबार र शनिबार मेला आयोजना हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
दुई दिन सम्म चल्ने मेलामा भारतका २० भन्दा बढी निजी तथा सरकारी विश्विद्यालय र कलेजहरुको सहभागि हुने आयोजकले जनाएको छ ।
उक्त मेलामा +१२ सकेका विद्यार्थीहरुले विभिन्न विश्वविद्यालय र कलेजका आधिकारिक व्यक्तिहरुबाट कलेजको तथा आफुले पढ्न चाहेको बिषयको जानकारी लिन सकिने विराट वाईड एण्ड कन्सल्टेन्सिका निर्देशक विजय दंगालले जानकारी दिए ।
विगत ८ बर्षदेखि भईरहेको शैक्षिक मेला “डेस्टिनेशन अफ इन्डिया” मा करिब ३००० विद्यार्थीहरुको सहभागिता हुने अनुमान गरिएको छ ।
उक्त मेलामा दूहवी, इटहरी, रङ्गेली र विर्तामोडसम्मका विद्यार्थीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
विद्यार्थीहरुको शिक्षालाई ध्यानमा राख्दै भारतका स्तरीय कलेज तथा विश्वविद्यालयहरुमात्र सहभागी गराएको निर्देशक दंगालको भनाई छ ।
इन्जिनियरिङ, नर्सिङ, म्यानेजमेन्ट तथा मेडिकल बिषयको बारेमा उक्त मेलाबाट विद्यार्थीहरुले जानकारी पाउन सक्ने छन् ।
मेला होटल नमस्कार विराटनगरमा बिहान ६ बजे देखि १० बजेसम्म हुने छ ।