विपन्न वर्ग र पत्रकारलाई भत्ता दिन सरकारसँग कांग्रेसको माग

२६ असोज ७७, सोमबार

२६ असोज, काठमाडौँ ।
नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले नियमित आम्दानी नभएका र विपन्न वर्गका परिवारका लागि चाडपर्व खर्च उपलब्ध गराउन सरकारसँग माग गरेको छ । युनियनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोनाका कारण नियमित आम्दानी गुमाएका र विपन्न वर्गका परिवारलाई प्रति परिवार १० हजारका दरले चापवर्ड खर्च उपलब्ध गराउन माग गरेको हो ।

Advertisement

ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाँईले अनौपचारिक तथा औपचारिक क्षेत्रमा कार्यरत निम्न आएका भएका श्रमिकको परिवारलाई दशै तिहार (चाडपर्व) खर्चबाफत प्रतिपरिवार १० हजारका दरले दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए । यसैगरी निम्न आय भएका गरिब परिवारको लागत संकलन गरी सामाजिक सुरक्षा भत्ताको रुपमा निर्वाह खर्च वाफत प्रतिपरिवार प्रति महिना ७ हजारका दरले नगद र तीन महिनालाई पुग्ने गरी खाद्यान्नको व्यवस्था गर्न पनि माग गरिएको उनले बताए ।

Advertisement

यस्तै श्रमजीवी पत्रकार ऐन पूर्वरुपमा कार्यान्वयन गर्दै स्वरोजगार मिडियाको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन सूचना प्रणाली र क्निफिड तत्काल लागू गर्न पनि विभागले माग गरेको छ । श्रमजीवी पत्रकारहरुलाई प्रतिमहिना १० हजारका दरले निर्वाह भत्ताको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरिएको बताए ।

विभागले महामारीको समयमा अहिलेसम्म २० अर्ब खर्च गरिएको भनिएकोमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्ति, संस्था र पदाधिकारीहरुलाई छानबिनको दायरामा ल्याएर दुरुपयोग रकम असुल उपर गर्ने कानूनी व्यवस्था गर्न पनि माग गरेको छ । विदेशमा अलपत्र नागरिक स्वदेश फर्काउँदा समेत राजनीतिक भेदभाव, पहुँच र आस्थाको आधारमा व्यवस्थापन गरिएको गुनासो आएको प्रतिपनि सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।

Advertisement

विदेशबाट फर्किएका नागरिकहरुका लागि तत्काल रोजगारीको अवस्था सिर्जना गरी उनीहरुको सीप र अनुभव अनुसारको रोजगारीको व्यवस्था गर्न पनि माग गरिएको छ । अलपत्र नागरिकहरुको उद्धारका लागि कल्याणकारी कोषको रकम परिचालन गर्न पनि सरकारसँग माग गरिएको उनले बताए । यसैगरी अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको विना भेदभाव निःशुल्क उपचार र २५ लाखको विमाको व्यवस्था गर्न पनि कांग्रेसको ट्रेड युनियन विभागले माग गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top