×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

नवनियुक्त महाप्रवन्धक पौडेल भन्छन्- ‘जहाज थपेर निगमलाई नाफामा लैजान्छु’

२७ आश्विन २०७७

२७ असाेज, काठमाडौं ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का नवनियुक्त महाप्रवन्धक डिमप्रसाद पौडेलले साेमबार आफ्नो पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषदको गत बिहीबारको बैठकले पौडेललाई ४ वर्षको लागि महाप्रवन्धक पदमा नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यसअघि निगम सञ्चालक समितिको सदस्य रहेका थिए ।

नयाँ सडकस्थित निगम मुख्यालयमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गरे । उनले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाए ।

नवनियुक्त महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरे । उनले निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे ।नायव महाप्रवन्धक गणेशबहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्नु हुने व्यक्ति निगमको महाप्रवन्धक भएकाले पनि निगमले गति लिने विश्वास व्यक्त गरे ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभास डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपुर्ण प्रयास आवश्यक रहेको बताए । पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहदाँ आन्तरिक उडानका ६ वटा चिनियाँ जहाजले घाटा बेहोर्दै आएकाले गत साउन १५ देखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो । निगमसँग हाल आन्तरिक उडानमा दुई मात्रै जहाज छन् ।

राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तब्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top