×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026

आत्मनिर्भरता तर्फको अध्ययनमा तीव्रता

२७ आश्विन २०७७

काठमाडौँ: निश्चित वस्तु उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने र अर्थतन्त्रमा समेत योगदान पु¥याउने गरी सरकारले लक्षित गरेको आत्मनिर्भर हुनसक्ने उत्पादनसम्बन्धी वस्तु अध्ययनले पछिल्लो समय तीव्रता पाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमै कम्तीमा दुई दर्जन वस्तुमा आत्मनिर्भर हुने र त्यसका लागि अध्ययन गर्ने लक्ष्य राखिए पनि उल्लेख्य उपलब्धि हासिल हुन सकेको थिएन तर यस वर्ष भने उद्योग मन्त्रालय र उद्योग विभागले सक्रियता देखाएका हुन् ।

Advertisement
Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका अनुसार मन्त्रालयले आत्मनिर्भर हुनसक्ने सम्भावित ३० वस्तुको सूची तयार पारेको छ । यो सूचीका वस्तुलाई क्रमिक रूपले अध्ययन गरेर आत्मनिर्भर हुन आवश्यक नीति तथा कार्यनीति तय हुने छन् । हामीले सम्भावित वस्तुको सूची बनाइसकेका छौँ, उहाँले भन्नुभयो, “ती वस्तुबारे सम्बन्धित वस्तुगत सङ्घ, उद्योगीलगायत सरोकारवालासँग क्रमिक रूपमा छलफल गरिरहेका छौँ । ”

सचिव घिमिरेका अनुसार सम्भावित वस्तुको सूची थप काँटछाँट हुनसक्छ । कुन वस्तुमा पूर्ण आत्मनिर्भर हुने हो र त्यसका लागि के कस्ता नीति अवलम्बन गर्नुपर्छ भन्ने स्पष्ट मार्गचित्र हामी बनाउन खोज्दै छौँ, उहाँले भन्नुभयो, “सोही मार्गचित्रका आधारमा मुलुकमा आत्मनिर्भर वस्तुको सङ्ख्या थपिँदै जानेछ । ”

मन्त्रालय मातहतको उद्योग विभागले पनि यसका लागि सक्रियता देखाइरहेको छ । सम्भावित वस्तुको सूची हुँदैमा आत्मनिर्भर भएको भन्ने अवस्था नहुने भएकाले विभागले प्रत्येक वस्तुको खपत बजार, उत्पादन गर्ने उद्योग, तिनको उत्पादन क्षमता, कच्चा पदार्थको उपलब्धतालगायतका विषयमा अध्ययन गर्ने गरेको छ ।

विभागले हालसम्म सिमेन्ट र डण्डीको अध्ययन सकेर आत्मनिर्भर भइसकेका वस्तुका रूपमा तिनलाई समावेश गरिसकेको छ ।

अहिले ठूला परियोजनाका ठेकेदारले मात्र ठेक्कामा गरिएको स्वीकृत परिमाणमा मात्र विदेशबाट सिमेन्ट आयात गर्ने गरेका छन् । आमखपतका लागि नेपाली उत्पादक पर्याप्त छन् । सिमेन्ट तथा क्लिङ्कर आयात गर्नुपर्दैन । फलामे डन्डी पनि वार्षिक ३६ लाख मेट्रिक टन उत्पादन क्षमता नेपाली उद्योगमा छ भने खपत भने १४ लाख मेट्रिक टन मात्र रहेको देखिन्छ ।

विभागले अब थप पाँच वस्तुको अध्ययनको योजना बनाएको उद्योग विभागका प्रवक्ता विनोद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अध्ययन गर्नका लागि अध्ययनकर्ताको सार्वजनिक आह्वान गरिने छ र आवेदकमध्येबाट उपयुक्त अध्येतालाई वस्तुबारेको अध्ययनको जिम्मेवारी दिइने छ ।

विभागकै योजना महाशाखा प्रमुख कृष्ण खरेलका अनुसार अबको चरणमा चिया, पेन्ट्स, विद्युतीय तार, कर्कटपाता र जुत्ता–चप्पलको अध्ययन गराउन लागिएको छ । ती वस्तुको उत्पादन क्षमता, त्यसको दिगोपन, वर्तमान बजार तथा खपत, भविष्यमा हुनसक्ने खपत तथा बजारको अवस्थालगायत विभिन्न पक्षको अध्ययन गराउने उहाँले जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “सोहीअनुरूप कस्तो नीतिगत तथा अन्य व्यवस्था गर्नुपर्छ भन्ने निर्धारण गरेर सरकारले आवश्यक निर्णय लिनेछ । यसका लागि मन्त्रालयले नेतृत्व लिइरहेको छ । ” मन्त्रालयका सचिव घिमिरेका अनुसार वस्तु उत्पादन आत्मनिर्भर बनाउनका लागि सरकार तथा सरोकारवाला निकायको पहलमा विशेष कार्यक्रम पनि सञ्चालन हुने छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top