×

NEPAL TIMES UPDATES

Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026
Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026

जोन्सन एन्ड जोन्सनले रोक्यो कोरोना खोप परीक्षण

२७ आश्विन २०७७

२७ आश्विन, एजेन्सी ।
औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण तत्कालका लागि स्थगित गरेको छ ।

एक जना सहभागी बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक जना सहभागी बिरामी भएपछि हामीले अस्थायी रुपमा कोभिड–१९ खोपको सबै क्लिनिकल ट्रायल रोकेका छौं, जसमा तेस्रो चरणको इन्सेम्बल परीक्षण पनि रहेको छ ।’

Advertisement
Advertisement

कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो । सेप्टेम्बरको अन्तिम सातातिरबाट कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरिरहेको थियो ।

अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइरहेको थियो । जोन्सन एन्ड जोन्सनले परीक्षणमा सहभागी व्यक्ति बिरामी भएकोबारे एउटा स्वतन्त्र कमिटीले समीक्षा गरिरहेको बताएको छ ।

साथै कम्पनीका चिकित्सकले पनि त्यसको समीक्षा गरिरहेको बताएको छ । बिरामीको गोपनीयतालाई ख्याल गर्दै कम्पनीले ती व्यक्ति कस्तो प्रकृतिको बिरामी परेको हो भन्नेबारेमा केही कुरा खुलाएको छैन । ‘

हामीले परीक्षणमा सहभागी व्यक्तिको गोपनीयताको सम्मान गर्नुपर्छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘हामीले उनी बिरामीको हुनुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छौं । अतिरिक्त जानकारी दिनुपूर्व सबै तथ्य हुनु महत्वपूर्ण छ ।’

जोन्सन एन्ड जोन्सनले कोरोना खोपको परीक्षण कहिलेसम्मका लागि रोकेको हो भन्ने कुरा भने खुलाएको छैन ।

यसअघि सेप्टेम्बरमा ब्रिटिस औषधिनिर्माता एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा विकास गरिरहेको कोरोना खोपको परीक्षण पनि सहभागी बिरामी भएपछि रोकिएको थियो । सो परीक्षण बेलायतमा पुनस् सुरु भए पनि अमेरिकामा भने सुरु हुन सकेको छैन ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासनले उक्त परीक्षणमा सहभागी व्यक्ति बिरामी हुनुको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । कोरोनाविरुद्ध विभिन्न देशका कम्पनीले खोपको चिकित्सकीय परीक्षण गरिरहेका छन् ।

Advertisement
Advertisement

अमेरिकी कम्पनी फिजर र मोडर्नाले पनि यस वर्ष अन्त्यसम्ममा परिणाम आउनेगरी कोरोना खोपको परीक्षण गरिरहेको बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top