×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

राजकुमार चेपाङ मृत्यु प्रकरण : आरोपित सैनिक जवान थुनामा

२८ आश्विन २०७७

२८ असाेज, चितवन ।

जिल्ला अदालत चितवनले कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवानलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल ईजलासले उक्त निर्णय गरेको हो ।

Advertisement
Advertisement

राप्ती नगरपालिका वडा नं। २ का २४ वर्षका राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा बुढालाई भदौ ४ गते प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको थियो । मृतक राजकुमारका बुबा विष्णुलालले भदौ २५ गते किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो ।

राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरुलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन् ।

Advertisement
Advertisement

छुटेर आएदेखि बिरामी भएका राजकुमारले स्थानीय मेडिकलमा उपचार गराईरहेका थिए । मेडिकलको उपचारले निको नभएपपछि भरतपुर अस्पताल ल्याईएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top