विराटनगरमा १०९ सहित प्रदेश १ मा ४४५ संक्रमित थपिए

२८ असोज ७७, बिहीबार

२८ असोज, विराटनगर ।
प्रदेश १ को राजधानी विराटनगरमा १ सय ९ सहित बुधबार प्रदेश १ भर ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् । सुनसरीकै इनरुवामा ४८, इटहरीमा १९, दुहवीमा ८, बराहक्षेत्र र बर्जुमा २–२, रामधुनी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३२, रंगेलीमा १६, पथरी शनिश्चरेमा ९, सुनबर्षीमा ६, बुढीगंगामा ४, बेलबारी र जहदामा २–२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १–१ जनााम संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, विर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३–३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको चौदण्डीगढी र बेलकामा ३–३, धनकुटाको शहिदभूमी र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार ६१५ पुगेको छ ।

Advertisement

प्रदेश १ मा बुधबार १ सय ४२ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ३६, मेची अस्पतालबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार १५ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ६२ महिला र २ सय ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४० हजार ९५७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top