×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बुढीगण्डकी आयोजनामा तीन नेताले ९ अर्ब बाँडेर खाए भन्ने दाबी निराधारः प्रधानमन्त्री

३० आश्विन २०७७

३० असोज, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन नेताले ९ अर्ब बाँडेर खाए भन्ने दाबी निराधार भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

Advertisement
Advertisement

शुक्रबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि भट्टराईको दाबीको खण्डन गरे । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको, तर केही गैर जिम्मेवार तरिकाले बोलेर हिँडेको उनले बताए ।

भट्टराईको नाम नलिई उनले भनेका छन्, ‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन ? कसले गर्छ ? भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं ।’

जनतालाई गलत सूचना दिएर भड्काउने र गलत बाटोमा लैजाने काम गर्न नसक्ने उनले बतए । भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलता सरकारको नीति भएको भन्दै प्रधानमन्त्रीले यसमा नेपाल प्रहरीले भूमिका खेल्ने बताए ।

यसैविच, प्रधानमन्त्री ओलीले बलात्कारका घटनामा मिलापत्र कुनै हालतमा अस्वीकार्य भएको बताएका छन् । यो निन्दनीय र मानवता विरोधी अपराध भएको भन्दै उनले भने, ‘निकट भविष्यमा अझ कडा कानुन ल्याउने सोचिरहेका छौं ।’

Advertisement

मिलापत्रका नाममा बलात्कारका घटनालाई छोपछाप पर्ने काम सैहृय नहुने उनले बताए । नागरिक समाज पनि सचेत हुनुपर्ने भन्दै उनले भने, ‘सामाजिक दबाब, भनसुन आउन सक्छन्, यस्ता कुराबाट प्रहरी टाढा रहनुपर्छ ।’

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top