×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गम्भीर अपराधमा मिलापत्र गर्ने/गराउने काम रोक्न देशभरका पालिकालाई निर्देशन

३० आश्विन २०७७

३० असोज, काठमाडौं । सरकारले गम्भीर प्रकृतिका कसुरमा आवश्यक प्रवर्द्धनात्मक तथा निरोधात्मक काम गर्न पालिकालाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परिपत्र गरी गम्भीर अपराधमा मिलापत्र गर्ने र गराउने काम रोक्न निर्देशन दिएको हो ।

Advertisement

बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाहरु सार्वजनिक भएपछि यसअघि महान्यायाधिवक्ताको कार्यालयले चासो व्यक्त गरी त्यस्ता कार्य रोक्नका लागि प्रवर्द्धनात्मक तथा निरोधात्मक कार्यहरु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

पालिकाका जनप्रतिनिधिहरु समेत रोहबरमा बसी पीडक र पीडितका बीचमा मिलापत्र गराउने तथा सहमतिको कागज गराएकोप्रति ध्यानाकर्षण भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । साथै यस्ता घटनाहरुले पीडितलाई शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा मनोसामाजिक रुपले पीडित बनाएको पत्रमा उल्लेख छ ।

Advertisement

साथै महान्यायाधिवक्ताको कार्यालयले गम्भीर कसुरमा अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीमा सबै क्षेत्रबाट सहयोग र समन्वय गर्न भनेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top