रुकुम पश्चिम चौरजहारीका एक संक्रमितको नेपालगञ्जमा मृत्यु

२९ असोज ७७, शुक्रबार

३० असोज, नेपालगञ्ज । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ का कोरोना संक्रमित ३३ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

Advertisement

स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज २१ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिरामीको समस्याअनुसार उपचार गरिए पनि बिस्तारै स्वास्थ्य अवस्था जटिल बनेको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top