×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

आईपीएल : कोलकातामाथि सहज जित निकाल्दै मुम्बई शीर्षस्थानमा उक्लियो

१ कार्तिक २०७७

१ कात्तिक, एजेन्सी ।
कोलकाता नाइट राइडर्सललाई सहजै पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

शुक्रबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सललाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।

Advertisement
Advertisement

मुम्बईको जितमा ओपनर तथा विकेटकिपर क्विन्टन डी कक ४४ बलमा ९ चौका र ३ छक्का सहित ७८ रनमा अविजित रहे । हार्दिक पान्ड्या २१ रनमा अविजित रहे । हार्दिकले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

मुम्बईलाई ओपनर रोहित शर्मा र डी ककले १०।३ ओभरमा ९४ रनको साझेदारी गर्दै सहज जिततर्फ डोर्याएका थिए । रोहित शिवम माभीको बलमा दिनेश कार्तिकबाट ३६ बलमा ५ चौका र १ छक्का सहित ३५ रनमा क्याच आउट भए । १४ औं ओभरको तेस्रो बलमा स्पिनर बरुणचक्रवर्तीले सूर्यकुमार यादवलाई १० रनमा बोल्ड आउट गरे । कोलकाता लागि शिवम माभी र बरुण चक्रवर्तीले एक एक विकेट लिए ।

 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकातालाई तीव्र गतिका बलर प्याट कमिन्सले तल्लोक्रममा ३६ बलमा ५ चौका र २ छक्का सहित ५३ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेले । नवनियुक्त कप्तान ओईन मोर्गनले २९ बलमा २ चौका र २ छक्का सहित ३९ रनको जिम्मेवारी उत्कृष्ट कप्तानी इनिङ खेले ।

एक समय ११ ओभरमा ६१–५ को कमजोर अवस्थामा रहेको कोलकातालाई छैटौं विकेटका लागि मोर्गन र प्याट कमिन्सले ५६ बलमा ८७ रनको अविजित महत्वपूर्ण साझेदारी गर्दै मध्यम योगफल सम्म पुर्याउन सफल भएका हुन् । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको तेस्रो ओभरको अन्तिम बलमा प्वाइन्टमा सट खेलेका ओपनर राहुल त्रिपाठीलाई सूर्यकुमार यादवले ७ रनमा उत्कृष्ट क्याच लिदै पहिलो सफलता दिलाए ।

नाथन कुल्टर नाइलको छैटौं ओभरको तेस्रो बाउन्सर बलमा डर्थम्यानमा सट खेल्ने क्रममा एज लागेर नितेश राणा विकेटकिपर क्विन्टन डी ककबाट ५ रनमा क्याच आउट हुन पुगे । स्पिनर राहुल चहरको आठौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओपनर सुभमन गिल लङअनमा काइरन पोलार्डबाट २१ रनमा समातिन पुगे । गिलले २३ बलमा २ चौका प्रहार गरे ।

लगत्तै अर्को बलमा दिनेश कार्तिक ४ रनमा बोल्ड आउट भएपछि कोलकाता कमजोर अवस्थामा पुगेको थियो । जस्प्रित बुमराहको ११ औं ओभरको चौथो बलमा आन्द्रे रसेल डी ककबाट १२ रनमा क्याच आउट भएपछि कोलकाता ६१–५ को कमजोर अवस्थामा पुगेको थियो ।

स्पिनर राहुल चहरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । नाथन कुल्टर नाइलले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए ।

मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दिल्ली क्यापिटल्सलाई नेट रनरेटले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ । मुम्बईले अव आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्नेछ भने कोलकाताले आइतबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top