×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

रेम्डेसिभिरसमेत चार औषधि संक्रमितको उपचारमा प्रभावकारी देखिएनः डब्लूएचओ

२ कार्तिक २०७७

२ कार्तिक, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसको संक्रमितको उपचारमा रेम्डेसिभिर र हाइड्रोक्सीक्लोरोक्वीन समेत चार औषधि प्रभावकारी नदेखिएको बताएको छ ।

डब्लूएचओले चार विशेष औषधी कोभिड–१९ को उपचारमा कति प्रभावकारी छ भनेर विस्तृत परीक्षण गरेको थियो । रेम्डेसिभिर पहिलो ओषधी थियो जसलाई कोरोनाभाइरसको उपचारमा सबैभन्दा पहिले प्रयोग गरिएको थियो ।

यो औषधी हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा पनि प्रयोग भएको थियो । रेम्डेसिभिरको निर्माता कम्पनी गिलिएडले भने डब्लूएचओको अध्ययनमा आएको परिणामलाई अस्वीकार गरेको छ ।

एक वक्तव्य जारी गर्दै गिलिएडले अध्ययनको निष्कर्ष अन्य अध्ययनसँग मेल नखाएको र यस परिणामको समीक्षा गर्न बाँकी रहेको बताएको छ । डब्लूएचओले सोलिडारिटी ट्रायलका दौरन कुल चार औषधीको परीक्षण गरेको थियो ।

जसमा रेम्डेसिभिर, हाइड्रोक्सीक्लोरोक्वीन, अटो इम्यून ड्रग इन्टरफेरान र एचआईभीको औषधीको संयोजन लोपिनावीर र रिटोनावीर थिए । बेलायतमा कोभिड–१९ का गम्भीर बिरामीको उपचारमा प्रयोग भइरहेको सस्तो स्टेरोइड डेक्सामेथासोनलाई यस अध्ययनमा सामेल गरिएको थिएन ।

३० अलग–अलग राष्ट्रका ५ सय अस्पतालमा ११ हजार २६६ वयस्क बिरामीलमाथि यी चार औषधीको परीक्षण गरिएको थियो । डब्लूएचओको अध्ययनमा यी औषधीहरु बिरामीको ज्यान बचाउन र संक्रमणको दिन कम गर्नमा प्रभावकारी नदेखिएको हो । तर, यस नतिजाको समीक्षा गर्न भने बाँकी रहेको छ ।

डब्लूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले बुधबार मात्र प्रभावकारी साबित नभएपछि हाइड्रोक्सीक्लोरोक्वीन र लोपिनावीर र रिटोनावीर औषधीको परीक्षण जुनमा नै रोकिएको बताउँदै अन्य औषधीमाथि परीक्षण जारी राखिएको जानकारी दिएकी थिइन् ।

गत महिला गिलिएडले गरेको अध्ययनमा डब्लूएचओको परीक्षणभन्दा फरक नतिजा आएको थियो । गिलिएडले रेम्डेसिभिर औषधी दिँदा संक्रमित ५ दिन अगावै निको हुने दाबी गरेको थियो । गिलिएडले १ हजार बिरामीमा यसको परीक्षण गरेको थियो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top