तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ: सयुक्त राष्ट्रसघीय अधिकारी

२ कात्तिक ७७, आइतबार
Share this
723shares

२ कात्तिक, काबुल।
एक सयुक्त राष्ट्रसघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले जनाएका हुन् ।

Advertisement

अल कायदा र तालिबानी सम्बन्धको सयुक्त राष्ट्रसघीय अधिकारी अनुगमन सम्बन्धी निकायका एकजना अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिएका हुन् । उनले तालिबानीहरु र अल कायदाका बीचमा अहिले पनि राम्रो सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको जानकारी दिएका हुन्।

यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानीहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला उता ती सयुक्त राष्ट्रसघीय अधिकारीले यी दुई बीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

Advertisement

हाल तालिबानीहरु अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन् । उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको बताइएको छ ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top