×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

२ कार्तिक २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(भयको अवस्था)
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ७ सय ३९ पुग्यो /आज २ हजार ९ सय ४२ संक्रमित थपिदा २ हजार ३ सय २६ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुग्यो ।

Advertisement

२.(सरकार किन चाहियो ?)
कोरोनाको परीक्षण र उपचार अब आफ्नै खर्चमा गर्नुपर्ने/विपन्न, अशक्त, असहाय र फ्रन्टलाईनमा कार्यरत कर्मचारीलाई मात्रै निःशुल्कको सुविधा/सबै अस्पतालले कोभिडका लागि ५० प्रतिशत बेड छुट्याउर्ने ।

३.(रातिको निषेधाज्ञा)
कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण झापामा राति ’निषेधाज्ञा’ गर्ने जिल्ला प्रशासनको घोषणा/आज आइतबारदेखि राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालनमा रोक/होटल र पसल समेत बन्द रहने ।

४.(प्रधानमन्त्रीको दृष्टि)
कोरोना महामारी रोकथाम र प्राकृतिक विपदमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रशंसा/अहिले विभिन्न आवरणमा साम्प्रदायिक भावना विथोल्न खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु सक्रिय भएको टिप्पणी ।

५.(यस्ता पो जनप्रतिनिधी !)
दशैं भत्तावापत आएको रकम आफ्नो खाताबाट कट्टा गर्न संसद सचिवालयलाई नेकपाका सांसद भीम रावलको आग्रह /महामारीका बेला दशैँ भत्ता दिने रकम भेन्टिलेटर किन्न खर्च गर्न जनार्दन शर्माको सुझाव ।

६.(तस्करको आँट)
कैलालीका प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या प्रकरणमा ११ जना शंकास्पद व्यक्ति पक्राउ/ पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु /बेपत्ता प्रहरी रामबहादुर साउदको खोजी जारी ।

७.(ब्रह्मचारिणीको पूजा)
बडादशैंको दोस्रो दिनआज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरियो/ ब्रह्मचारिणीदेवीलाई विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन /मन्दिर नखुलेपछि यसवर्ष दशैं घरमै मनाईंदै ।

८.(छेकिएला त कोरोना ?)
यातायात व्यवसायीको आग्रहमा यस वर्ष दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने सरकारको निर्णय/सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने भएपछि यात्रुले पनि फेस सिल्ड अनिवार्य लगाउनुपर्ने ।

९.(विज्ञको विद्धता)
कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुको जोड /दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्न र भिडभाड नगर्न अपील ।

१०.(खोई अध्ययन ?)
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुग्दा नजिकै रहेको डम्पिङ साइडका कारण विमानस्थल जोखिममा /विमानस्थल नजिकै डम्पिङ साइड रहेकाले चरा लगायतका कारण उडानलाई जोखिममा पार्न सक्ने ।

११.(विकल्प नभएपछि)
कोभिडको जोखिमका बीच पनि बैंकिङ संस्थाहरुमा ग्राहकको भीड /संक्रमण बढ्दै गएको अवस्थामा फेरिपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेको बैंकर्सहरुको भनाई ।

१२.(सत्य छ त चीन ?)
दुई देशीय सिमानामा आफूले निर्माण गरेका भवनको भूभाग नेपालमा पर्ने भनी प्रश्न उठेपछि चीनले फेरि गर्याे सर्भे/भवन सीमाभन्दा दुई किलोमिटर आफ्नो भुभागमा रहेको चीनको दाबी / नेपाल सरकारले भने अझै यर्थाथ जानकारी गराएन ।

१३.(कति होला उचाईं ?)
सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन नेपाल र चीन दुवैले एकैपटक सार्वजनिक गर्ने / एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी स्वरुप चीनसंग पत्राचार भइरहेको भूमि व्यवस्था मन्त्रालयको भनाई ।

१४.(राजनीति कि वास्तविकता ?)
कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर र हाइड्रोक्सी क्लोरोक्वीनसहित चार औषधि प्रभावकारी नदेखिएको विश्व स्वास्थ्य संगठनको दाबी /रेम्डेसिभिरको निर्माता कम्पनी गिलिएडद्वारा डब्लूएचओको अध्ययनमा आएको परिणामलाई अस्वीकार ।

र,

Advertisement

१५.(कट्यो ४ करोड)
विश्वमा महामारीका कारण हालसम्म ११ लाख १५ हजार बढीको मृत्यु/संक्रमित हुनेहरुको संख्या ४ करोड नाघ्यो /२ करोड ९९ लाख बढी उपचार पछि निको भएर घर फर्किए ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top