कञ्जनजङ्घा संरक्षण क्षेत्रमा हिउँचितुवा अनुसन्धान केन्द्र बन्दै

२ कात्तिक ७७, सोमबार

३ कात्तिक,ताप्लेजुङ ।

ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ ।

सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । बहुवर्षे योजनाअन्तर्गत २०७४ सालदेखि शुरु भएको भवन निमार्ण कार्य २०७७ साल असार मसान्तसम्ममा निर्माण गरी सक्नुपर्ने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत कूल बजेट रु चार करोड ९७ लाख पाँच हजार १५० मा सुवर्ण जेवी हिमालयन कन्स्ट्रक्सनले ठेक्का सम्झौता भएको थियो ।

Advertisement

हिमाली क्षेत्र भएकाले जिल्ला सदमुकामदेखि आवश्यक निर्माण सामग्री चार दिन लगाएर बोकेर निर्माणस्थलसम्म पु¥याउनुपर्ने र हिउँका कारणले वर्षको ६ महिनामात्र काम गर्न सकिने भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको संरक्षण अधिकृत तिवारीले बताए । सम्झौता एक वर्ष थप गरी २०७८ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का निवर्तमान अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

कञ्चनजङघा संरक्षण क्षेत्रभित्र विश्वको दुर्लभ वन्यजन्तु हिउँचितुवा, हाब्रे (रेडपान्डा) कस्तुरी मृगका साथै विभिन्न जनवार तथा चराचुरुङ्गी र विभिन्न प्रजातिका वनस्पति पाइने भएकाले अध्ययन अनुसन्धान गर्नका लागि हिमालीय अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको फेम्बूले बताए ।रासस

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top