×

NEPAL TIMES UPDATES

Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026

गण्डकी प्रदेश सवारी दुर्घटनाः तीन महिनामा ३९ को मृत्यु

३ कार्तिक २०७७

३ कार्तिक, पोखरा ।
चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।  प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भए पनि ज्यान गुमाउने कास्कीमा धेरै छ ।

Advertisement
Advertisement

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा १०२ वटा सवारी साधन दुर्घटना परेका छन् । नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उनले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका जानकारी दिए ।

कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी साधन दुर्घटनामा १०, लमजुङमा र बागलुङमा चार÷चार वटा सवारी साधन दुर्घटनामा दुई÷दुई जनाले ज्यान गुमाएका ढकालले बताए ।

त्यस्तै, पर्वतमा दुई वटा सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने म्याग्दीमा भएको एउटा सवारी साधन दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशको गोरखा र मुस्ताङमा एक÷एक वटा सवारी साधन दुर्घटनामा परेका भएपनि कसैको ज्यान गएको छैन भने मनाङमा कुनै पनि सवारी साधन दुर्घटनामा नपरेका ढकालको भनाइ छ ।

प्रदेशमा भएको सवारी साधन दुर्घटनामा ५० वटा मोटरसाइकल, २१ वटा जिप÷कार, १३ वटा ट्याक्टर, सात वटा ट्रक तथा ट्याङ्कर, चार वटा बस, तीन वटा साइकल तथा दुई÷दुई वटा डोजर तथा ट्याम्पो संलग्न रहेका ढकालले बताए । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको समेत ढकालको भनाइ छ ।

सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन गुडाउँदा समेत दुर्घटना बढ्ने भएकाले यसको न्यूनीकरणका लागि काम भइरहेको ढकालले बताए ।

यातायात व्यवस्था विभागसँग समवन्यगरि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व), जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँमा स्मार्ट लाइसेन्स कार्ड रिडर मेसिन प्रयोगमा ल्याइएको ढकालको भनाइ छ ।

त्यस्तै सवारी साधनको गति सीमित पार्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र तनहुँमा राडरको प्रयोग गरेर सवारी साधनको गति चेकजाँच गर्ने र तीव्र गतिमा सवारी साधन गुडाउनेलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ ।

गण्डकी प्रदेशमा आव २०७६÷०७७ मा ४३१ वटा दुर्घटनामा परी २२३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दुर्घटनामा परी ३८ जना बालबालिकासहित ४२४ जना गम्भीर घाइते भएका गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख ढकालले बताए ।

Advertisement
Advertisement

यो वर्ष ३४७ वटा दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको ढकालले जानकारी दिए ।(रासस)

भर्खरको समाचार

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top